November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

रक्तदाता संघ कतारले रक्तदान सम्बन्धि अन्तक्रिर्या तथा रक्तदान कार्यक्रम आयोजना गर्ने

२०७९ कार्तिक २९

दोहा । नेपाली रक्तदाता संघ कतारले रक्तदान सम्बन्धि अन्तक्रिर्या र वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली रक्तदाता संघ कतारले १३ जनवरी २०२३ का दिन रक्तदान सम्बन्धि अन्तक्रिर्या र २० जनवरी २०२३ का दिन वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो।

संघको समन्वयमा कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिएका छन् ।

मानवीय र परोकारी कार्यमा समन्वय र सहकार्यका लागि अध्यक्ष खत्रीले उक्त मितिमा कुनै कार्यक्रम नगर्न पनि कतारमा स्थापित सम्पुर्ण संघ सस्थालाई अनुरोध गरेका छन् ।

Advertisement