August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

‘ल्होछार कन्सर्ट २०२४’ मा प्रस्तुति दिन कतार आइपुगे राजेश पायल राई

शारदा भुजेल
२०८० फाल्गुन ३

दोहा । ‘ल्होछार कन्सर्ट २०२४’ मा आफ्नो, सांगीतिक प्रस्तुति दिन लोकप्रिय गायक राजेश पायल राई कतार आइपुगेका छन्। नेपाल तामाङ घेदुङ कतार शाखाले आयोजना गरेको  मन्जु श्री २८६० (डुक ल्हो / मु पुखी वर्ष ) ल्होछार कन्सर्टका २०२४ का लागी गायक राई कतार आएका हुन् ।

गायक राईलाई नेपाल तामाङ घेदुङका अध्यक्ष लगायत अन्य पदाधिकारी हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका थिए।

ल्होछार कन्सर्ट २०२४ मा आफ्नो सांगीतिक प्रस्तुति दिन गायक उमंग लामा र गायिका रेश्म बम्जन बुधबार नै कतार आइसकेका छन्।

Advertisement

त्यस्तै नेपालबाट म्हेन्दोमाया तथा लोकदोहोरी गायिका मनमाया वाईवा तामाङ बिहीबार बेलुका दोहा आईपुग्ने  आयोजले जनाएको छ।

१६ फेब्रुअरी दोहाको अल अरबी स्पोर्ट्स क्लबमा हुने  कार्यक्रमको लागि ५०, ७५, १०० र  ५०० कतारी रियल  गरि ४ तहका टिकट शुल्क निर्धारण गरिएको छ।बिहान ११ बजे गेट खुल्ने र साढे १२ बजेदेखि चाहि कार्यक्रम सुरु हुने बताएको छ।

टिकट पाउन सहज होस भन्ने उदेश्यले आयोजकले अनलाईन टिकट   www.q-tickets.com बाट सजिलै संग लिन  सकिने आयोजकले जनाएको छ ।

टिकट होल्डरहरुका लागि कतारका विभिन्न स्थानबाट यातयातको समेत व्यवस्थापन गरिएको आयोजकले  जनाएको छ।