काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही कदम भएको बताएका छन् ।
नेता खनालले भने “ओलीको तानाशाही सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ,” खनालले भने, “यो कार्य अत्यन्त निन्दनीय छ । जनताको स्वतन्त्रता हनन् गर्ने काम सरकारले गर्दैछ ।”