November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध: विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बृद्धिविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षको अनेरास्ववियूका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडी आज विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन ।प्रदर्शनका क्रममा विद्यार्थीहरुले जुटको बोरामा आगो लगाउँदै चर्को नाराबाजी गरेका थिए ।प्रहरीले आगो निभाउन खोज्दा प्रहरी र बिद्यार्थीहरुबीच केही बेर धकेलाधकेल चलेको थियो ।

स्थिति तनावपूर्ण बन्दा प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधानहरु केही बेर प्रभावित भएका थिए ।

Advertisement