November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

पारिवारिक जमघटकाबीच प्रधानमन्त्री ओलीले मनाए ७०औँ जन्मदिन

२०७७ फाल्गुन ११

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले ७०औँ जन्मदिन मनाएका हुन्। पारिवारिक जमघटका बीच केक काटेर ओलीले जन्मदिन मनाएका हुन्। 

गत वर्ष तेह्रथुमको आठराईमा पुगेर नेपालको नक्सा भएको केक काटेर ओलीले जन्मदिन मनाएका थिए। ओलीको जन्मदिनमा हेलिकोप्टरमार्त् केक ढुवानी गरिएको र नेपालको नक्सा भएको केक काटिएको विषय विवादित बनेको थियो। सामाजिक सञ्जालमा ‘देशको नक्सा काटेर खाएको’ भन्दै उनको आलोचना भएको थियो।

आफ्नै पार्टीको आचारसंहिता विपरीत तडकभडकका साथ जन्मदिन मनाएको विषयमा पनि विवाद भएको थियो। तर यस वर्षको जन्मदिन भने उनले परिवारका सदस्यहरूलाई मात्र बोलाएर मनाएका हुन्।

Advertisement