काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका छन् ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभापति देउवाले सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यवाद दिएका छन् ।
उनले आफूले संसद विघटनमा सुरुदेखी नै सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको स्मरण गरेका छन् ।
‘सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु’, उनले भने ।