November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

सर्वोच्चको ऐतिहासिक फैसलाले नेपाली जनताको जित भएको छ : माधव नेपाल

२०७७ फाल्गुन ११

काठमाडौं – नेकपा प्रचन्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतबाट उल्ट्याउने ऐतिहासिक फैसलाले जनताको जित भएको बताएका छन्।

सर्वोच्चको फैसलापछि फेसबुक लाइभमार्फत प्रतिक्रिया दिँदै नेपालले सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको बताए।

सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दै नेपालले संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी रहेको बताए। 

Advertisement