काठमाडौं– सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुन:स्थापनको फैसला सुनाएसँगै सुरक्षा संवेदनशीलता बढेको भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए।
उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिनुका साथै पार्टी कार्यालयदेखि न्यायाधीश निवाससम्म बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ।