November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रचण्ड–नेपाल र जसपा नेताहरुबिच पेरिसडाँडामा भेटवार्ता

२०७७ फाल्गुन १३

काठमाडौँ – सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेसँगै दलहरूबीच छलफल तीव्र बनेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले नै विभिन्न राजनीतिक दलहरूसँग छलफल र संवाद अघि बढाइरहेको छ ।

यसैबीच जनता समाजवादी पार्टी (जसपा)का नेताहरू प्रचण्ड–नेपाल समूहका नेताहरूलाई भेट्न भर्खरै पेरिसडाँडा पुगेका छन् । जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन् ।

दाहाल–नेपाल समूहका दुई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन् । अहिले नेताहरूबीच पेरिसडाँडामा छलफल भइरहेको छ ।

Advertisement

पुस ५ गते राष्ट्रपतिले बदर गरेको संसद फागुन ११ मा सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि हिजोदेखि राजनीतिक दलहरूबीच छलफलले तीव्रता पाएको हो ।