काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुका लागि नभई नेपाली जनताका लागि ‘कम्फर्टेबल’ सरकार चाहिएको बताएका छन् ।
नेपाली जनताको हरेक सुखदुखमा सहयोगी बन्ने सरकार आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले अरुका लागि ‘कम्फर्टेबल’ सरकारको औचित्य नभएको बताए ।
झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै उनले भने, ‘अरुका लागि ‘कम्फर्टेबल’ होइन, नेपाली जनताका लागि कम्फर्टेबल सरकार चाहिएको छ ।’
आफ्नो नेतृत्वमा रहेको सरकार नै नेपाली जनताका लागि ‘कम्फर्टेबल’ सरकार भएको दावी उनको थियो ।