November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

विप्लव समूहले संसदीय प्रणालीको परिधिभित्र रही समाधान खोज्ने कांग्रेसको विश्वास

२०७७ फाल्गुन १८

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लवसँग वार्ता गर्नका लागि वार्ता समिति गठन गर्नुलाई नेपाली कांग्रेसले सकारात्मक भएको बताएको छ ।

सरकार र नेत्रविक्रम चन्द विविप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि छुट्टाछुट्टै वार्ता समिति गठन गर्नुलाई कांग्रेसले सकारात्मक भएको बताएको हो ।

वार्ता, सम्वादबाट समस्याको समाधान गर्नु पर्ने मान्यतामा भन्दै कांग्रेसले दुवै पक्षलाई इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न आग्रह गरेको छ । विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Advertisement

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।’