November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सरकारी पक्ष र विप्लव समूहबीच तेस्रो चरणको वार्ता जारी

२०७७ फाल्गुन २०

काठमाडौं–बुधबार बिहान र साँझ दुई चरणमा वार्ता गरेको सरकारी टोली र विप्लव समूहबीच आज पनि बिहानैदेखि बालुवाटारमा वार्ता जारी छ। आज तेस्रो चरणको वार्ता भइरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापासँगै प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी छन् भने  विप्लव समूहका तर्फबाट प्रवक्ता ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य ‘दीपक’ सहभागी छन् ।

सरकारी टोलीले हिजोको वार्ता सकारातमक भएको प्रतिक्रिया दिएको थियो भने वार्ता सकारातमक दिशामा अघि बढेको विप्लव समूहको प्रतिक्रिया थियो। आज वार्ता निष्कर्षमा पुगेमा साँझसम्म वा भोलि बिहान संयुक्त पत्रकार सम्मेलन गरिने विप्लव समूहका एक नेताले बताए।

Advertisement

बुधबार दुई पटकसम्म भएको वार्तापछि सबै विषयमा टुंगो लगाउन आज पुनः बैठक बसेको हो। हिजोको वार्तामा विप्लवमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तथा कार्यकर्तामाथिको मुद्दा फिर्ता गर्ने विषयमा प्रारम्भिक  सहमति भएको बताइएको छ।