November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

म्यानमारमा सडकमा निस्कनेलाई तत्काल गाेली हान्न सेनाकाे आदेश

२०७७ फाल्गुन २७

काठमाडाैं–सैनिक कू पछि म्यानमारबाट भागेर भारत आएका एक प्रहरीले सैनिकहरुले सडकमा निस्कने मानिसलाई तत्काल गाेली हान्ने आदेश जारी गरेकाे बताएका छन्। शान्तिपूर्ण प्रदर्शनमा उत्रेका जनतामाथि गाेली हान्ने सेनाकाे आदेश पछि आफू भागेर भारत छिरेकाे उनले बताए।

भागेर भारत आउनेकाे संख्या एक दर्जन भन्दा धेरै रहेकाे छ । उनीहरुले आम मानिसकाे ज्यान लिने र उनीहरुलाई नाेक्सान पुर्‍याउने डर लागेकाे बताए।  सैनिक शासकहरुले दवाव दिइरहेपछि आफूहरुले देश छाडेकाे उनले बताए।

यसरी भाग्ने मध्येका एक हुन नाइंग।२७ वर्षका उनकाे नाम सुरक्षाका कारण परिवर्तन गरिएकाे छ । उनी ९ वर्षदेखि म्यानमार प्रहरीमा छन्। उनी अहिले सिमा क्षेत्रकाे मिजाेरममा लुकेका छन्।

Advertisement