November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

सबै राजनीतिक दलहरूसंग उच्च तहमा संवाद गर्ने जसपाको निर्णय

२०७७ फाल्गुन २७

काठमाडौं- जनता समाजवादी पार्टीले वर्तमान राजनीतक संकटको निकास निकाल्नका लागि सबै दलहरूसँग संवाद गर्ने निर्णय गरेको छ। पार्टीका नेता डा बाबुराम भट्टराईले सबै दलसँग संवाद गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

‘अनुसार जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ,’ बिहीबार दिउँसो ट्विट गर्दै नेता भट्टराईले लेखेका छन्।

जसपाले ओली सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा अनिर्णित हुँदा वर्तमान राजनीतिक गतिरोध अन्त्य भएको छैन। नेकपा एमाले र नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र दुवै गठबन्धनको सरकार बनाउन पनि जसपा अत्यावश्यक भएकाले वर्तमान संकटको निकास खोज्न जसपा निर्णायक बनेको छ।

Advertisement

यसका साथै जसपाको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको समेत डा भट्टराईले जानकारी दिएका छन्।