November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन एमाले सांसदलाई निर्देशन (विज्ञप्ति सहित)

२०७७ फाल्गुन २८

काठमाडौं । नेकपा एमालेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन आग्रह गरेको छ ।

नेकपा एमालेका सांसदसमेत सहभागी भई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

शुक्रबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएका हुन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको विशेष बैठकको निर्णय भन्दै विज्ञप्तिमा पार्टी निर्णय अनुरुप चल्न सांसदहरुलाई आग्रह गरिएको छ ।

Advertisement

विज्ञप्तिमा पार्टीको संसदीय दलका नेताहरुलाई आफ्ना सदस्यलाई अनुशासित र एकतावद्ध भई परिचालित गर्न निर्देशन दिइएको छ ।

विज्ञप्ति