November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

ओलीसँग सहकार्य हुँदैन, प्रचण्डसँग थप छलफल गर्छौंः उपेन्द्र यादव

२०७७ फाल्गुन २९

काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने भएका छन् ।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्डसँग सत्ता समीकरणबारे छलफल गरेर बाहिरिने क्रममा नेता यादवले ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताएका हुन् । उनले माओवादी केन्द्रसँग केपी ओलीलाई सत्ताबाट बाहिर निकाल्ने विषयमा छलफल भएको बताए ।

‘आजको बैठकमा ओलीलाई सरकारबाट बाहिर निकाल्ने विषयमा छलफल भयो, यसबारे थप छलफल गर्नेछौं,’ उनले भने, ‘कसको दिमाग बिग्रिएको छ र केपी ओलीको सरकारमा जानू । कुनै पनि हालतमा ओलीसँग सहकार्य हुँदैन ।’

Advertisement

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताहहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न शनिबार बिहान पेरिसडाँडा पुगेका थिए ।