काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा अरुको पछि लागेर सरकारमा नजाने बताएका छन्।
पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेको अवस्थामा आएको उनको यो भनाइलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ।
राति अबेर समाजिक सञ्जलमार्फत उनले जसपा कसैको पुच्छर नबन्ने बताएका हुन्। सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन्।
उनले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याएका छन्।