November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

माओवादी केन्द्रको केन्द्रीय बैठकले गर्यो यस्ता निर्णय

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरावलोकन गर्ने भएको छ ।

सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले नेकपा पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता समीमकरणका लागि छलफललाई तिव्रता दिने निर्णय गरेको छ । उपाध्यक्ष श्रेष्ठले नयाँ सरकार गठनका लागि दुई प्रमुख दलसँगको छलफललाई तिव्रता दिने बताए ।

Advertisement

आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र  मन्त्रीका विषयमा कुनै निर्णय नगरेको उनले जानकारी दिए । उपाध्यक्ष श्रेष्ठले मन्त्रीहरुले अहिलेसम्म कुनै जवाफ नदिएको बताए ।

आजको बैठकमा जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत, जयपुरी घर्ती, प्रकाश पोखरेल, खिलाराम आचार्य, रामचन्द्र झालगायतका २० जना केन्द्रीय सदस्यहरुले आफ्ना भनाई राखेका थिए । बैठक पुनः केही दिन पछाडि बस्ने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।