काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न गरेको आग्रहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्विकार गरेका छन ।
गएराति ओलीले भेटौन भनेर दाहाललाई टेलिफोन गरेका थिए। जवाफमा दाहालले केही नभनेको दाहाल निकट स्रोतले जानकारी दिएको छ।
नेकपा एमालेमा अल्पमतमा रहेका ओलीले सोमबार एमाले नेता माधवकुमार नेपाललाई भेटवार्ताका लागि बोलाएका थिए । भेटमा दुई नेताबीच तिक्तता हटाउने भनिएपनि दुई नेताबीच तिक्तता बढेको बताइएको छ ।
नेपालसँग थप तिक्तता बढेपछि ओलीले दाहाललाई सम्झेका थिए । एमाले र माओवादी केन्द्र मिलेर नेकपा भएको पार्टीलाई सर्वोच्च अदालतको निर्णयले विभाजित गरेको थियो ।
त्यसपछि ओली र दाहलबीच खाशै संवाद नभएको दाहालको सचिवालयले जनाएको छ ।
यधपी आज राष्ट्रपति विधादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा दुई नेताबीच भेट हुने भएको छ । भण्डारीले बैठक बोलाएकोले दुई नेताबीच भेट हुने भएको हो ।