November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

राज्यका सबै अंग र साधनश्रोत ओलीले कब्जा गरे: भट्टराई

काठमाडाैं–जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा जमाएको आरोप लगाएका छन्।

बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रधानमन्त्री ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसकेमा इतिहासले माफ नगर्ने बताएका छन्।