November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

आजबाट मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले गत पुस ६ गतेदेखि रोकिएको मतदाता नामावली संकलन कार्य आजदेखि फेरि सुरु गर्दैछ। 

प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिले मध्यावधि चुनावको मिति घोषणा गरेसँगै नामावली संकलन रोकिएको थियो। मतदाता नामावली ऐन २०७३ मा निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिनेछैन भन्ने व्यवस्था छ। 

आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिकको काम अघि बढ्ने आयोगले जनाएको छ। १८ वर्ष उमेर पुगेका नागरिकले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर आफ्नो नाम लेखाउन सक्नेछन्। 

Advertisement

निर्वाचन आयोगले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता रहेको जानकारी दिएको छ।