November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

संसदीय दलको बैठकमा हिडेका नेपाल पक्षका सांसद् सिंहदरबार छेउछाउ बाटै फर्किए

काठमाडौं- प्रधानमन्त्रीद्धारा आह्रवान एमाले संसदीय दलको बैठकमा सहभागी हुन हिँडेका माधवकुमार नेपाल पक्षका सांसदहरु बाटैबाट फर्काइएका छन्। बालुवाटार जान निस्किएको सानेपास्थित हेरिटेज गार्डेन फर्किएका हुन्।

बिहीबार बिहान बसेको नेपाल पक्षको संसदीय दलको बैठकले एमालेको स्थायी कमिटीमा रहेका बाहेकका सांसद्हरुले प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा सहभागिता जनाउने निर्णय गरेको थियो। सोही अनुसार केही सांसद्हरु बालुवाटार जानका लागि निस्किएका थिए।

‘हामी सिंहदरबार छेउछाउ पुगेका थियौं’, सांसद् गणेश पहाडीले भने, ‘तर यताबाट सहभागिता नजाउने भन्ने खबर पायौं। त्यसैले फर्कियौं।’

Advertisement

‘हाम्रो पनि अडान हुन्छ’, झपट रावलले भने, ‘त्यसैले प्रधानमन्त्रीले बोलाएको आजको संसदीय दलको बैठकमा जानु हुँदैन भनेर अडान राख्यौं। त्यसैले नजाने निर्णय भयो।’

आजको संसदीय दलको बैठकमा सहभागिता नजाउने निर्णय भए पनि अन्य बैठकमा भने जान सकिने रावलले बताए।