November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

‘अब नयाँ सरकार बनाएर जाने हो’: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ सरकार बनाएर अगाडि बढ्ने बताएकाछन् ।

बुधबार सिन्धुलीको फुर्कोटमा स्थानीयसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । ‘माओवादी केन्द्र ब्युँतिएपछि हामी कुनै टेन्सनमा छैनौं’, प्रचण्डले भने, ‘अब नयाँ सरकार बनाएर जाने हो। संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरु एक ठाउँमा आउनुपर्‍यो र नयाँ सरकार बनाउनुपर्‍यो भनेर छलफल चलिरहेको छ। र, त्यो छलफल दिनप्रतिदिन सकारात्मक दिशातिर गएको छ।’

‘पार्टी एकता गरेर प्रचण्डहरु खाली बालुवाटार जाने र बिहान-बेलुकै ओलीलाई भेट्ने तर, बालुवा पेलेर तेल ननिस्किए जस्तो केही पनि ननिस्किएको भन्ने परेको थियो’, उनले भने, ‘१९ पेजको दस्तावेज निस्कियो नि त।’

Advertisement

संसद् विघटन गर्ने कदमलाई अदालतले उल्ट्याइदिएपछि ओली नराम्रोसँग पछारिएको प्रचण्डले बताए। ‘उनी छटपटिइरहेका थिए। हामीचाहिँ ठूलो लडाइँ जितियो भनेर ‘रिल्याक्स’ अवस्थामा थियौं। त्यही बेलामा सर्वोच्चले पार्टी फुटाइदियो। हामीलाई टाउकोमा हानेको जस्तो भएको छ’, उनले भने।

उनले एकता भइसकेको दललाई सर्वोच्चले फुटाइदिनु भनेको जन्मिसकेको बच्चालाई गर्भमा हालिदिए जस्तो भएको बताए।