November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

‘केपी ओली एमाले होइन, माले भए हुन्छ’: माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली वास्तविक एमाले नभएको आरोप लगाए । उनले एमाले स्थापनामा ओलीको भूमिका नभएको भन्दै ओलीलाई नक्कली एमालेको संज्ञा दिए ।

अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘केपी ओली एमाले होइन, माले भए हुन्छ ।’

ओलीको घमण्डले देशमा धेरै संकट आइरहेको भन्दै उनले ओली सिद्धान्तनिष्ट हुन नसकेको आरोप लगाए । उनले भने, ‘ओलीजी, घमण्डबाट ओर्लनुस, सिद्धान्तनिष्ट हुनुस ।’

Advertisement