November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

राष्ट्रपतिले नियुक्त गरिन् नयाँ महान्यायाधिवक्ता

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कानुनी सल्लाहकार ९महान्यायाधिवक्ता०मा रमेश बडाललाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उनको नाम सिफारिस गरेका थिए।

राष्ट्रपति भण्डारीले बडाललाई संविधानको धारा १५७ अनुसार महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

यसअघि महान्यायाधीवक्ता अग्‍निप्रसाद खरेलले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो। खरेलले शुक्रबार नै पदबाट राजीनामा दिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएका थिए।

Advertisement

खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्ता भएका थिए। प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतीरक्षामा चित्तबुझ्दो काम नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट बनेको भनिएको थियो।

बडालले प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका थिए। बडाल एमाले समर्थित जिफन्टका उपाध्यक्षसमेत हुन्।