काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।
प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ ।
आज बिहान १० बजेदेखि अपरान्ह् २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने काम र्ग बिजुली काटिन लागेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । आज बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ ।
पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा प्रशारण लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणको सूचनामा उल्लेख छ ।
त्यसैगरी सुदूरपश्चिम, प्रदेश २ र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि बिद्युत अवरुद्ध हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लोख छ ।
देशका विभिन्न स्थानमा विद्युत कटौती भएका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
सूचना
