September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं–नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। स्थानीय बजारमा मंगलवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलवार छापावाला सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ। सोमवार तेजाबी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ।