November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

कांग्रेसलाइ प्रतिपक्षिको भूमिका निर्वाह गर्न डा. बाबुरामको आग्रह

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रतिपक्षीको भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् ।

“बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो।अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!

— Baburam Bhattarai (@brb1954) March 25, 2021

Advertisement

प्रमुख प्रतिपक्षका नेता नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको वर्तमान भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएका डा भट्टराईले प्रधानमन्त्री ओलीको कदम प्रतिगमनकारी भन्दै प्रधानमन्त्रीलाई जसरी पनि हटाउनुपर्ने धारणा राख्दै आएका छन् ।