November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

हिउँदे अधिवेशन अन्त्य गर्दै सरकार

काठमाडौँ – सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । संसदले बिजनेश दिन नसकेको भन्दै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ।

शुक्रबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशन अन्त्य गर्ने बताएका हुन् ।

मुख्य सचेतक विशाल भट्टराईले वैशाखबाट वर्खे अधिवेशन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । सरकारले आगामी जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्नेछ ।

Advertisement

‘आजको बैठकमा प्रधानमन्त्रीले केही समयपछि चालु संसद् अन्त्य बताउनुभएको छ । जेठ १५ मा बजेट ल्याइस्क्नुपर्ने भएकाले चाँडै संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी छ’, उनले भने ।

प्रतिनिधिसभाको अर्को बैठक १८ गतेका लागि बोलाइएको छ ।