November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेपाल र रावललाई ६ महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्छ–थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावललाई ६ महिनाका लागि केन्द्रीय सदस्यको पदबाट निलम्बन गर्नुपर्ने बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले यस्तो बताएका हुन । नेपाल र रावललाई निलम्बन गरी देशब्यापी रुपमा पार्टी शुद्धिकरण अभियान सञ्चालन गर्नुको कुनै विकल्प नरहेको थापाको तर्क छ ।

‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित दर्जनौ नेताहरुलाई कारवाहीको घोषणा गरी पार्टी कब्जा गर्ने भ्रममा बाँच्न अभिशप्त दुःखी आत्माहरुलाई पो पार्टी एकता चाहिएको रहेछ’ भन्दै थापाले कटाक्ष गरेका छन ।

Advertisement

‘तिनले के–के गरेका थिए ?’ भन्ने शिर्षकमा थापाले माधव नेपाल पक्षले गरेका कामहरु १२ बुँदामा उल्लेख गरेका छन ।

नेकपा एमालेको केन्द्रीय कमिटीले फागुन २८ गते गरेका सबै निर्णयहरु स्वीकार्दै केपी शर्मा ओलीको मियोमा आवद्ध हुन तयार भए मात्रै पार्टीमा स्वागत गर्न सकिने पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन ।