November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

गृहमन्त्रीको संयोजकत्वमा ‘रेशम चौधरीलाई रिहा गर्न’ वार्ता टोली गठन

काठमाडौं- थारु कल्याणकारी सभा, थारुहट/थारुवान् संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

उनीहरुले रेशम चौधरीलाई रिहाइ गर्नेलगायत माग राखी संघर्ष गर्दै आएका थिए।

उनीहरुले रेशम चौधरीलाई रिहाइ गर्नेलगायत माग राखी संघर्ष गर्दै आएका थिए।

Advertisement

वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी छन्। गुरुङले वार्ता टोलीलाई निश्चित समय नतोकिएको बताए।

केही दिनअघि गृहमन्त्री बादलले वार्ता टोली गठन गरी संवादमा आउन माइतीघरबाट आग्रह गरेका थिए। उनले सरकारले छिट्टै वार्ता टोली गठन गर्ने जानकारी पनि दिएका थिए।