September 3, 2026, Thursday
२०८३ भाद्र १८
1:37:26 pm

प्रतितोला पाँच सय रुपैँयाका दरले घट्यो सुनको मुल्य

काठमाडौं–नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य ५ सय रुपैयाँले ओरालो लागेको हो।

सोमबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज तेजावी सुनको प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Advertisement

सुनसँगै मंगलबार चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ। 

अघिल्लो दिन १२सय२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।