November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

महोत्तरीबाट हराएका सात किशोरी भारतमा भेटिए

काठमाडौं–मंगलबारदेखि हराइरहेका महोत्तरी, भंगाहाका सात बालिका तथा किशोरी फेला परेका छन्।

उनीहरु विहारको सीतामढी पुगेको खबर आएको  भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए। 

उनीहरू सीतामढी पुगेको खबर आएको उनको भनाइ छ। सबै किशोरी सकुशल रहेको सीतामाढीको प्रहरीले खबर गरेको उनले बताए। ‘आज बिहान सीतामढी प्रहरीले नेपाल प्रहरीलाई खबर गरी उनीहरुको अबस्था बताएको रहेछ,’ उनले भने, उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ।’

Advertisement

नेपाल प्रहरीले स्थानीय प्रहरीको सहकार्यमा उनीहरुलाई ल्याउने तयारी गरिएको उनको भनाइ छ।  

धर्मपुरको दलित बस्तीका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएका थिए।