August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

एसियाली नागरिकमाथि आक्रमण गर्नेलाई कानुनी दायरमा ल्याउन वाइडेनकाे निर्देशन

काठमाडौं- अमेरिकमा बढिरहेको एसियाली मूलका नागरिकमाथिको आक्रमणप्रति वाइडेन प्रशासनले चिन्ता व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति जो वाइडेन आक्रमणप्रति रुष्ट हुँदै घटनामा संलग्न जो कोहीलाई कानुनी दायरमा ल्याउन निर्देशन दिएका छन्।

उनले न्याय विभाग अन्तर्गत ‘कोभिड–१९ इक्विटी टास्क फोर्स’ पनि गठन गरेका छन्। यो टास्क फोर्सले विदेशी मूलको कारण कसैविरूद्ध भेदभाव गरिएको छैन। उपराष्ट्रपति कमला ह्यारिसले पनि हिंसाका घटनामा चिन्ता व्यक्त गरेकी छिन्।

Advertisement

‘कसैलाई हानि पुर्‍याउनु भनेको आफूलाई चोट पुर्‍याउनु सरह हो। म र हाम्रो राष्ट्रपति यो विषयमा चुप रहनेछैनौं। हामी एसियाली मूलका नागरिकमाथि भएको हिंसा रोक्न आवश्यक कदम चाल्नेछौं,’ उनले भनेकी छिन्।

ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले राष्ट्रपति वाइडेनले एसियाली–अमेरिकी जनतासँग भेट गर्ने बताएकी छिन्।