September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

आज सुनको मूल्य स्थिर

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Advertisement