November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

अनेरास्ववियूले गर्यो कारवाही, तीन विद्यार्थी नेता निष्कासित

काठमाडौं । नेकपा एमालेको विद्यार्थी भ्रातृसंगठन अनेरास्ववियूले संगठनका निवर्तमान तीन सचिवलाई कारवाही गरेको छ ।

साधारण सदस्य समेत नरहने गरी निष्कासनमा सुदेश पराजुली, वसिम आलम र आरती लामा परेका छन् ।

उनीहरुलाई अनेरास्ववियूले दुई पटक स्पष्टीकरण सोधेको थियो । अटेर गरेपछि कारवाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले विज्ञप्तिमार्फत जनाएका छन् ।

Advertisement

केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह–अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।