काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।
सभापति देउवाले शुक्रबार दिउँसो ३ बजे कांग्रेस, माअोवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बोलाएका हुन् ।उनले नयाँ सरकार गठनबारे माओवादी केन्द्र र जसपासँग आधिकारिक धारणा माग्ने कांग्रेस नेताहरले बताएका छन् ।
गत हप्ता कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । एक हप्तापछि सभापति देउवाले सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् ।
सरकार गठनका विषयमा माओवादी केन्द्र सहमत छ भने जसपाभित्र विवाद रहेको छ । जसपामा महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने अडानमा छ भने उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूह नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छ ।