August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

अमेरिकामा ११ करोड बढीले लगाए कोरोनाविरुद्धकाे खोप

न्यूयाेर्क- अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक डोज लगाउनेकाे संख्या ११ करोड ७१ लाख नाघेकाे छ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अहिलेसम्म १८ करोड ३४ लाख डोज कोरोना खोप दिइएको छ। जसमध्ये सात करोड ६ लाखभन्दा बढीले पूरा डोज लिइसकेका छन्।

अमेरिकामा फाइजर र मोडेर्नाको खोप दिइँदै आएकाे छ। फाइजरकाे खाेप दुई डाेज लगाउनुपर्छ भने माेडेर्नाकाे खाेप एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनले जनाएकाे छ।

Advertisement

राष्ट्रपति जो वाइडेनले  सबै वयस्क नागरिकले आगामी अप्रिल १९ देखि कोरोना विरुद्धको खोप पाउने घोषणा गरेका छन्। यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए।

उनले कोरोना महामारी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन्। अमेरिकामा खाेप अभियान शुरु भएकाे १ सय दिनभित्र २० करोड  खोप दिइसक्ने लक्ष्य उनकाे थियो।