November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

दुई सिफ्टमा विद्यालय सञ्चालन गर्न सरकारको आग्रह (विज्ञप्तीसहित)

काठमाडौं – पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएको तथा बालबालिकालाई पनि यो कोरोनाको उच्च जोखिम भएको हुनाले शिक्षा मन्त्रालयले गएकोले तत्कालका लागि विद्यालय आलोपालो अथवा सिफ्टमा कक्षा संचालन गर्न भनेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले शुक्रबार विज्ञप्ति निकाल्दै विद्यालयमा अनावश्यक भिडभाड हुने खालका वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न तथा विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको बताएका छन् ।

चैत ३० गते सरोकारवालासँग भएको अन्तरक्रियामा प्राप्त सुझावहरू समेतका आधारमा पछिल्लो वस्तुस्थितिको समीक्षा गरी विद्यमान अवस्थामा शिक्षण संस्थामा अनावश्यक भय त्रास सिर्जना गर्न नहुनेमा सबै पक्ष सचेत रहनु पर्ने मन्त्रालयको भनाइ छ ।

Advertisement