November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

मौसम– पुनः तुवाँलो, अपराह्नतिर वर्षाको सम्भावना

काठमाडौं– आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभर पुनः तुवाँलोको प्रभाव देखिएकाले मौसम पूर्णरुपमा सफा भने नरहने विभागको दाबी छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका केही भागमा अपराह्नतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।

Advertisement

काठमाडौं उपत्यकामा पनि  दिउँसोतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। 

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ।