August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

भारतमा तीन लाख नाघे दैनिक संक्रमित, २१ सयको मृत्यु

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १५ हजार ८०२ जना नयाँ संक्रमित थपिएका हुन्।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख २४ हजार नाघेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २६ लाख  ७०९ संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ६० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८३४ जनाको मृत्यु भएको छ। 

Advertisement

तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ४१ लाख २२ हजार ७९५ संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७१ हजारभन्दा बढी संक्रमित थपिँदा ३१ सयभन्दा बढीको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा २१ सय २ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ८४ हजार ६७२ पुगेको छ।

संक्रमितमध्ये एक करोड ३४ लाख ४९ हजार ४०६ जना निको भइसकेका छन् भने २२ लाख ९० हजार ७२८ सक्रिय संक्रमित रहेका छन्।