August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

विश्वमा एकै दिन ९ लाख संक्रमित थपिए, १४ हजारभन्दा बढीको मृत्यु

काठमाडाैं- विश्वमा एकै दिन करिब नाै लाख कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र आठ लाख ९४ हजार संक्रमित थपिएका हुन्।

उक्त अवधिमा १४ हजार १४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्‍कअनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १४ करोड ६२ लाख १८ हजार नाघेको छ। यस्तै मृत्यु हुनेको संख्या ३० लाख ९८ हजार ८३६ पुगेको छ।

Advertisement

गत २४ घण्टाभित्र सबैभन्दा धेरै भारतमा तीन लाख ४५ हजार संक्रमित थपिएका छन्। उक्त अवधिमा त्यहाँ दुई हजार ६२१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

भारतपछि ब्राजिलमा ६५ हजार ९७१ संक्रमित थपिएका छन्। उक्त अवधिमा त्यहाँ दुई हजार ८६६ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै अमेरिकामा पनि ६५ हजार ८९३ जना नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा  ७४७ जनाले कोरोनाकै कारण गत २४ घण्टाभित्र ज्यान गुमाएका छन्।

यसैगरी टर्कीमा ४९ हजार ४३८, फ्रान्समा ३२ हजार ३४०, अर्जेन्टिनमा २७ हजार ७१०, जर्मनीमा २३ हजार ७१०, इरानमा २२ हजार ९०४, कोलम्बियामा १९ हजार ९२५, इटलीमा १४ हजार ७६१, स्पेनमा ११ हजार ७३१, पोल्याण्डमा १० हजार ८५८ तथा रसियामा आठ हजार ८४० जना संक्रमित थपिएका छन्।