काठमाडौं– सोमबारदेखि जारी गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको दोस्रोे बैठक मंगलबार (आज) दिउँसो बस्दै छ।
मध्यान्ह १२ः१५ बजे बस्ने बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ।
सोबारको बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वसकोे प्रस्ताव टेबल भएको छ। विशेष अधिवेशनको पहिलो दिन दलका सांसदहरुले आफ्ना धारणा राखेका थिए।
मुख्यमन्त्रीको जवाफपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ। कार्यसूची अनुसार मंगलबार पक्ष÷विपक्षमा मतदान हुननसके बुधबार मतदान हुने बताइएको छ।
गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन प्रतिपक्ष तीन दलले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।