काठमाडौं – सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना संकटलाई कम गर्न देशका मुख्य शहरहरुमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । १५ दिन लागु हुने निषेधाज्ञामा सरकारले विशेष १५ मुख्य शहरहरुमा कडा गर्ने निर्णय गरेको हो ।
सोहि अनुरुप सरकारले यी शहरहरुमा निशेषज्ञा गर्ने निर्णय गरेको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, राजविराज, हेटौँडा, भैरहवा, विराटनगर, इटहरी, धरान, विरगञ्ज, नेपालगञ्ज, धनगढी, जनकपुर, पोखरा, बुटवल, घोराही, तुलसीपुर रहेका छन् ।