काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
काँग्रेस सभापति देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी सिधै शीतल निवासतिर पुगेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै नेपाल समूह असन्तुष्ट रहँदै आएको छ ।