August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

चिनियाँ रक्षामन्त्री फेङहे आज नेपाल आउँदै

काठमाडौं–भारतीय कूटनीतिज्ञ एवं सुरक्षा निकायका प्रमुखहरूको आउजाउ भइरहेका बेला चिनियाँ रक्षामन्त्री वेइ फेङहे केही घण्टाका लागि आइतबार काठमाडौं आउँदै छन्।

पछिल्लो पटक नेपाल भ्रमण गर्ने भारतीय कूटनीतिज्ञहरूले यहाँ भएको चिनियाँ उपस्थितिप्रति चासो राखिरहेका बेला हुन लागेको रक्षामन्त्री फेङहेको छोटो नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत् आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको एक दिने नेपाल भ्रमणबारे औपचारिक जानकारी गराएको छ। भ्रमणका क्रममा फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Advertisement