November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

नयाँ सरकार गठनका लागि प्रकिया थाल्‍न राष्ट्रपतिसमक्ष तीन दलको आग्रह

काठमाडौं – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि तीन दलका नेताले संविधान अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अर्को प्रक्रियामा आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत फेल भए लगत्तै बसेको तीन दलले संयुक्त विज्ञप्ती जारी गरी बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन आग्रह राष्ट्रपतिलाई आव्हान गरेको छ ।

Advertisement