August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

५ मिनेट अक्सिजन बन्द हुँदा भारतको एक अस्पतालमा ११ कोरोना संक्रमितको मृत्यु

भारत–आन्ध्र प्रदेशस्थित तिरुपतिको एक सरकारी अस्पतालमा अक्सिजन कमी हुँदा ११ जना कोभिड– १९ संक्रमितको मृत्यु भएको छ। उनीहरु सबै बिरामी चित्तूर जिल्लाको तिरुपतीे रुइया अस्पतालको आइसीयूमा उपचाररत थिए।

चित्तूरका जिल्ला कलेक्टर हरिनारायणले बताए अनुसार सोमरबार राति करीब ८ बजे पाँच मिनेटका लागि अक्सिजनको आपूर्तिमा सामान्य गिरावट आउँदा उपचाररत ११ जना कोभिड संक्रमितको मृत्यु भएको हो।

तर मृतकका परिवारले भने पाँच मिनेट नभइ आधा घन्टा भन्दा धेरै बेर अक्सिजनको आपूर्ति बन्द भएको आरोप लगाएका छन्।

Advertisement

अहिले अस्पतालमा अक्सिजन आपूर्ति सहज रहेको बताइएको छ।

अस्पतामा भर्ना भएका बिरामीका परिवारका सदस्यले भने मर्नेको संख्या ११ भन्दा बढी भएको दाबी गरेको बीबीसीले उल्लेख गरेको छ।