August 29, 2026, Saturday
२०८३ भाद्र १३
1:37:26 pm

कोरोनाबाट मृत्यु भएका ४० भन्दा धेरै शव गंगा नदीमा

भारत–बिहारको बक्सर जिल्लाको चौसा प्रखण्डको चौसा श्मशान घाटस्थित गंगा नदीमा कम्तिमा पनि ४० शव तैरिरहेको अवस्थामा फेला परेको छ। 

स्थानीय प्रशासनले शव तैरिएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। तर स्थानीय पत्रकारले श्मशान घाटमा ४० भन्दा धेरै शव देखिएको दाबी गरेका छन्। 

स्थानीय स्तरमा आएका तस्वीरहरु हृदयविदारक छन्। लाशलाई जनावरले खाइरहेको देखिएको छ। 

Advertisement

चौसाका प्रखण्ड विकास पदाधिकारी अशोक कुमारले भने,‘३०/४० को संख्यामा लाश गंगामा फेला परेको छ। यी लाश उत्तर प्रदेशबाट बहेर आएको सम्भावना छ, मैले घाटमा रहने मानिसहरु कुरा गरेको थिएँ उनीहरुले लाश यहाँको नभएको बताए।’
यसबीच बक्सर जिल्लाका अधिकारी अमन समीरले पत्रकार सम्मेलन गर्दै भने,‘हामी गाजीपूर र बलियासँग समन्वय गरिरहेका छौं ताकि उनीहरुको क्षेत्रको लाशको दाह संस्कार उनीहरु नै गरुन्। तर केही लाश बक्सरको क्षेत्रमा आउँछ जसको पूरा सम्मानका साथ संस्कार गरिनेछ।’

बक्सर जिल्ला उत्तरप्रदेश तथा बिहार राज्यका सीमावर्ती जिल्ला हो। गंगा नदीको किनारामा बसेको यो जिल्लाको उत्तरमा यूपीको बलिया जिल्ला र पश्चिममा गाजीपुर जिल्ला पर्छ।