November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

कोरोना संक्रमितलाई उपचारमा सहज व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतले कोरोना भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको सहज व्यवथापन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार अदालतले संक्रमितको उपचारका लागि औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउन, साथै अस्पतालहरूमा विरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न अन्तरिम आदेश दिएको छ ।

Advertisement

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरले महामारीमा सहज स्वास्थ्य सेवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।